आज २०८० साल चैत ८ गते बिहीबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष – दिन सामान्य छ । अरुलाई सहयोग गर्न खोज्दा आफू कमरोर बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । लामो यात्रा नगर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ रहनेछ ।

वृष – दैनिकी राम्रो छ । शिक्षामा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा उपलब्धि मिल्नेछ । खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन – दिन राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट – समय राम्रो छ । बोलीमा मोहनी छ । घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ । लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा उन्नति हुनेछ । परिवारमा भने मनमुटाव हुनसक्ने जोखिम देखिन्छ ।

सिंह – दिन सामान्य छ । आफन्तले खुट्टा तान्ने छन् । कुनै योजना बनेको भए गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुन्छ । आफ्नो क्षमता अनुसारको काम गर्ने दिन हो । परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ ।

कन्या – दैनिकी राम्रो छ । आज गरेका प्रयास सफल हुनेछ । आर्थिक क्षेत्र सुधार हुनेछ । सामाजिक कार्य बन्नेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

तुला – दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने योग रहेको छ । बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ । स्वदेशमा नै धेरै अवसर सिर्जना हुनेछन् । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

वृश्चिक – समय राम्रो छ । पैतृक सम्पत्तिको उपयोग गर्ने अवसर प्राप्त हुनेछ । लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । पुरानो रोगबाट बच्नु राम्रो हुन्छ। परिवारको साथ प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु – तपाईका विरुद्ध बोल्नेहरु कमजोर हुनेछन् । तपाईंले गरेको लगानीबाट सन्तोष मिल्नेछ । रोगको प्रकोप भने बढ्ने देखिन्छ । खानपानमा ख्याल गर्नुपर्ने दिन हो । परिवारले तपाईंमाथि शंका गर्ने जोखिम छ ।

मकर – दिन राम्रो छ। साथी र परिवारबाट साथ मिल्नेछ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ । खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन सामान्य छ । अरुले गल्ती गरे पनि दोष तपाईंमाथि लाग्ने खतरा हुनसक्छ । शिव भजन गरेमा मन शान्त हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

मीन – समय राम्रो छ । रमाइलो गर्ने दिन हो । लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ । भ्रमण रोमाञ्चक हुनेछ । साथीसँगको भेटमा भने खर्च हुनसक्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

Translate »