अवैध भन्सार छलीका सामान बरामद
वीरेन्द्रनगर । सुर्खेतमा अबैध भन्सार छलीका सामान पक्राउ पर्ने क्रम जारी रहेको छ । प्रहरीले बुधबार भेरीगंगा नगरपालिका–५, बबई चेक प्वाईन्टमा सवारी चेकजाँचका क्रममा अबैध भन्सार छलीका कुर्ता, सुरुवाल, चिनी, चामल र सुपरपावर सुर्ती बरामद गरेको हो ।
भे१ज–१३२० नम्वरको जीप र लु२ख–५७३२ नम्वरको फोर्स गाडीबाट अबैध भन्साल छलीका करिब ५७ हजार मूल्य बराबरको अबैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
आवश्यक कार्वाहीका लागि अबैध बरामद सामान विहीबार भन्सार कार्यालय नेपालगञ्ज पठाईने ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख (प्रहरी निरीक्षक) मन्दिप चौहानले बताए ।