वर्तमान सरकारलाई स्थायित्व दिने दायित्व एमालेको हो : महासचिव पोखरेल

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई स्थायित्व दिने जिम्मेवारी नेकपा एमालेको भएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरु भएको नेकपा (एमाले) नवौं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले नयाँ सत्ता समिकरण विगतभन्दा भिन्न तरिकाले गरिएकाले वर्तमान सरकार आगामी निर्वाचनसम्म जाने बताएका हुन् ।
उनले बद्लिएको राजनीतिक समीकरणले नयाँ गति लिएसँगै जनजीविकालाई सहज बनाउँदै आर्थिक समृद्धिका लागि सरकार अघि बढिरहेको जनाए ।

देशमा राजनीतिक अस्थिरताको दोषी नेपाली कांग्रेस भएको टिप्पणी गर्दै उनले स्वार्थ आधारित अघिल्लो गठबन्धनका कारणले जनताको अभिमत प्रस्ट हुन नसकेको जिकिर गरे ।
एमाले महासचिव पोखरेले कर्णालीका नेकपा माओवादीका साथीहरुले प्रदेश सरकारको नेतृत्व अब एमालेका साथीहरु दिएर देशलाई एउटा गतिशील बनाउन सुझाव दिए ।
एमाले सुर्खेतको नयाँ नेतृत्व चयनका लागि शनिबारसम्म चल्ने अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागि छन् ।