एमाले समाजवादी मोर्चामा सहभागी नहुने

काठमाडौं । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।

सञ्चारकर्मीले दुई नेताबीच के–के कुराकानी भयो ? भनेर सोधेको प्रश्नमा ओलीले समसामायीक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । दुई नेताबीच संसदमा कांग्रेसको विरोध,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो । एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको थियो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन् ।

Translate »