हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते


हुम्ला । अदानचुली गाउँपालिका– ४ को मोडमा बोलेरो जीप हुदाँ दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

सु.प. ०१००१ ज ११८३ बोलेरो जीप दुर्घटना हुदाँ वडा नम्बर–५ करगाइका अन्दाजी ४० वर्षीय फागुने लुवार र वडा नम्बर ५ बारीगाउँका १२ वर्षिय प्रवेश ऐडीको मृत्यु भएको हो ।
गाउँपालिका केन्द्र श्रीनगरबाट वडा नम्बर ५ तर्फ जादैँ गरेको सो जीप दुर्घटनामा परेको हो । जीपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ ।

