बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दाङ । दाङको राजपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा१ख–२३६०, नम्वरको बसले रा७प–२०७, नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा राजपुर गाउँपालिका–५ बस्ने अन्दाजि २४ वर्षिया प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही वडा वस्ने अन्दाजी २६ वर्षिया प्रमोद यादवको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाकी प्रहरी प्रमुख नविना वलिले जानकारी दिईन् ।

घटना शनिबार बेलुका करिब ७ बजे भएको थियो । चालक प्रहरीको नियन्त्रमा रहेको प्रमुख नविना वलिले बताईन् ।

Translate »