परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति रिजालको टिप्पणी : कति फुर्सदिला मन्त्री ?

काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणप्रति सत्ता गठबन्धन दलकै नेताले आलोचना गरेका छन् ।

परराष्ट्र मन्त्री श्रेष्ठ आजदेखि ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । त्यही विषयलाई लिएर सत्ता गठबन्धन दल नेकपा एमालेका नेता विष्णु रिजालले आलोचना गरेका हुन् ।


उनले आफ्नो सामाजीक सञ्जाल एक्स (ट्वीटर) मा लेख्दै भनेका छन्,’ ‘कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ?,’ रिजालले प्रश्न गरेका छन्, ‘२०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

परराष्ट्र मन्त्री श्रेष्ठ आजै बिहान १०ः४५ बजे चीन तर्फ प्रस्थान गरेका छन् । नागरिक न्यूज

Translate »