२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 8, 2026

एमाले सुर्खेतमा देवकोटाकाे प्यानल विजयी



सुर्खेत ।  नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । निर्वाचनमा नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटाले आफ्ना निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  ४९५ मतदाता रहेकामा खसेको कुल ४ सय ८६ मतमध्ये देवकोटाले ३ सय ५१ मत पाए । विसीले १ सय ३२ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा ३ सय ४६ मत ल्याएर मोहन बडुवाल विजयी भएका छन । सचिवमा डम्बरप्रसाद तिवारीले २ सय ९१ मत ल्याएर निर्वाचित भए । यस्तै उप-सचिव खुल्लामा टिकाराम सोमै ३ सय २४ मत ल्यार विजयी भए भने महिलामा सुशीला विश्वकर्मा ३ सय ३५ मत ल्याएर विजयी भइन् । पदाधिकारीमा देवकोटाको प्यानलै विजयी भएको हो ।

पदाधिकारीको मत गणना सकिएसँगै अब सदस्य पदको गणना जारी रहेकाे  निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले बताए ।

 

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार
Translate »