हतियार प्रहार गरी श्रीमतीको हत्या

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइइ हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारकाक्रममा मृत्यु भएको घोषणा चिकित्सकले गरेको प्रहरीले जनाएको छ ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

Translate »