भट्टराई कुलवंश प्रतिष्ठानको दशौ महाधिवेश चैत १६ र १७ गते चितवनको देवघाटमा हुँदै

सुर्खेत । भट्टराई कुलवंश प्रतिष्ठान नेपालको ‘दशौं केन्द्रीय महाधिवेशन’ चितवनको देवघाटधाममा हुने भएको छ । चैत्र १६ र १७ गते देवघाटमा हुने महाअधिवेशनमा देशभरका भट्टराई बन्धुका प्रतिनिधिहरु सहभागी हुने आयोजकले बताएका छन् ।

आयोजकका अनुसार महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ । बागमती प्रदेश समितिका अध्यक्ष नारायणप्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल व्यवस्थापन समिति निर्माण भएको छ ।

मुल व्यवस्थापन समितिमा अन्य प्रदेशका अध्यक्षहरुलाई सह–संयोजक बनाईएको भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्ष कांशीराम भट्टराईले जानकारी दिए । उनले महाधिवेशन स्थल हरिक्रतन बैद्विक धर्मशाला देवघाटमा हुने बताए ।

उनका अनुसार महाअधिवेशनको उद्घाटन १६ गते भएपछि १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ । महाधिवेशनमा देशभरका ७ सयभन्दा बढि प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशबाट सात जिल्लाका प्रतिनिधि उक्त महाअधिवेशनमा सहभागि हुने निश्चित भएको प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्ष कांशीरामले जानकारी दिए ।

Translate »