सडेको अवस्थामा एक महिलाको शव फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिङ्क कलरको कुर्ता लगाएकी वेवारिसे महिलाको शव सडेगलेको अवस्थामा फेला परेको बाङ्गेसीमल प्रहरी चौकीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार मंगलबार वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसीमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा तत्काल नामथर वतन नखुलेको महिलाको शव आज फेला परेको छ ।

घाँस काट्न गएका स्थानीय महिलाहरुले सुख्खा खोलामा शव देखेपछि बाङ्गेसीमल प्रहरी चौकीलाई जानकारी दिएको प्रहरी वरिष्ठ हल्दार अर्जुन पाण्डेले जानकारी दिए ।

उनले लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाहा भएपनि कसरी मृत्यु भएको हो भन्ने कुरा पोष्टमार्टम रिपोटबाट मात्र थाहा हुने बताए । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको बाङ्गेसीमल प्रहरी चौकीले जनाएको छ ।

Translate »