लुम्बिनीमा महरा मुख्यमन्त्री बन्ने
दाङ । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी (केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा बन्ने भएका छन् । उनलाई केन्द्रमा भएको गठबन्धन दल एमाले, जसपा, नेकपा एस, स्वतन्त्र सांसद खड्क बस्नेत र लोसपाले समर्थन गर्ने भएपछि मुख्यमन्त्री बन्न लागेका हुन् ।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एक जना निलम्बनमा परेपछि अहिले ८६ जना छन् । मुख्यमन्त्री बन्नका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिलेसम्म महरालाई गठबन्धन दलबाट एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एसका एक र नवलपरासी २ (१) बाट निर्वाचित स्वतन्त्र सांसद खडक बस्नेत सहित ४४ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् ।
महरालाई लोसपा र नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने आश्वासन दिएको बताईएको छ । उन्मुक्तिका ४, लोसपाका ३ जना सांसद छन् । यी थपिए महराको समर्थनमा ५१ जना पुग्छन् ।