एमाले सल्यानको अध्यक्षमा सेन विजयी

सल्यान । नेकपा (एमाले) सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी भएका छन् । जिल्लाको १० औं अधिवेशनमा प्रतिद्वन्द्वी कुलबहादुर गिरीलाई ४३ मत अन्तले पछाडी पार्दै नेता सेन विजयी भएका हुन् । उनले १ सय ८२ मत ल्याएका थिए भने प्रतिस्पर्धी कुलबहादुर गिरीले १ सय ३९ मत पाएका थिए ।

अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष लगायतका पदाधिकारी चयनका लागि बिहीबार निर्वाचन भएको थियो । निर्वाचनमा ३ सय ३८ मत खसेको थियो । निर्वाचन अधिकृत परशुराम ओलीका अनुसार उपाध्यक्षमा भिमबहादुर सेनकै प्यानलबाट १ सय ९३ मत ल्याई ओजबहादुर बुढाथोकी, सचिवमा १ सय ७३ मत ल्याई पुष्पा बोहरा र उपसचिवमा १ सय ८० मत ल्याई गणेशमान सिंह र उपसचिव महिलामा १ सय ७३ मत ल्याई सहनशीलता ओली डीसी विजयी भएका छन् । विजयी भएका सबै सेन प्यानल रहेको उनले जनाए ।

उपाध्यक्षमा प्रतिद्वन्द्वी दानबहादुर खत्री केसीले १ सय २७, सचिवमा दिपेन्द्र डिसीले १ सय ४३, उपसचिवमा गन्जमान बुढाले १ सय १३, महेश देवकोटाले १४, उपसचिव महिलामा बुद्धकुमारी खत्रीले १ सय ४१ मत ल्याएको निर्वाचन अधिकृत ओलीले जानकारी गराए । अधिवेशनमा अन्य ५८ पदमा निर्विरोध निर्वाचित भएका थिए । ई–कान्तिपुर

Translate »