लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त


दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेशमा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरुको हस्ताक्षरसहित महरालाई मुख्यमन्त्री बनाउन आज दाबी पेश गरिएको थियो ।

नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका का १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, जनता समाजवादी पार्टी (जसपा) का ३, नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) का १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले दलहरुको दाबीलाई सदर गर्दै आजै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ ।
प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालद्वारा जारी विज्ञप्तिमा बताईएको छ ।

