केही महिनाभित्रै कांग्रेस-एमाले नेतृत्वको नयाँ सरकार बन्छ : काँग्रेस नेता भण्डारी

दाङ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले अबको केही महिनाभित्रै कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकार बन्ने दाबी गरेका छन् । दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन हनिमुन पिरियड पनि मनाउन नपाएर ढल्ने बताए ।

अस्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको भन्दै नेता भण्डारीले कांग्रेस–एमालेले यो मुलुकमा स्थायित्व कायम गर्नका लागि नयाँ सरकार निमार्णका गर्न विभिन्न चरणको गृहकार्य भइसकेको जानकारी दिए ।

पछिल्लो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृश्यहरु देखा परेको भन्दै त्यसका लागि दुई ठूला राजनीतिक शक्तिबीच कार्यगत एकता कायम गरी त्यसखालका परिदृश्य परास्त गर्ने बताए ।

कांग्रेस–एमाले गठबन्धनको सरकारपछि साना राजनीतिक दलहरुका धेरै सटरहरू बन्द हुने उनको भनाइ छ । अन्नपूर्ण पोष्ट

Translate »