सुर्खेत प्रहरीद्वारा अफिम खेती नष्ट

सुर्खेत । सुर्खेत प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ। चिङ्गाडका विभिन्न गाउँमा लगाईएको अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको उत्तरी पूर्वी चिङ्गाड गाउँपालिका–६, मा पर्ने सिमे, टोड्का र बालेबाँस गाउँमा गरिएको अवैध अफिम खेती अस्थायी प्रहरी पोष्ट पाम्काबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको हो ।


प्रहरी सहायक निरीक्षक जयलाल बुढाको कमाण्डमा खटिएको प्रहरी टोलीले करिब १५ हजार अफिमका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त क्षेत्र सदरमुकाम वीरेन्द्रनगरदेखि करिब २५ किलोमिटर उत्तरी पूर्वमा पर्छ । अघिल्लो वर्ष पनि ती गाउँ आसपासका क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो ।

Translate »