आज चैत २७ गते मंगलबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष :– काममा अवरोध हुने जोखिम छ । जुनसुकै योजना अगाडि बढाउँदा पनि सचेत हुनु राम्रो हुन्छ । हरेक क्षेत्रमा जस्तै यात्रामासमेत जोखिम देखिन्छ । अप्ठेरो परिस्थितिमा पनि परिवारको भने साथ रहनेछ ।
वृष :– सिर्जनात्मक क्षमताको विकास हुनेछ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ ।
मिथुन :– महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ । समाजसेवामा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट :– आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।
सिंह :– खर्च बढ्नेछ । आफू कमजोर भएको सोचाइ मनमा उब्जन सक्छन् । शिक्षामा भने सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने योग छ । परिवारमा भने खटपटी हुने जोखिम छ ।
कन्या :– अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ ।

तुला :– स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । तपाईको काम देखेर परिवार र समाजले प्रशंसा गर्नेछन् ।
वृश्चिक :– रोकिएको कामको सुरुवात हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । नयाँ नयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ ।
धनु :– महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। लगानी गरेका क्षेत्रमा विवाद हुने देखिन्छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :– अवसर धेरै आएका छन्। बोलीको प्रभावले हरेक काम बन्नेछन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ :– श्रमको मूल्य प्राप्त हुनेछ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । साथीले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । व्यापारमा फाइदा हुनेछ ।
मीन :– परिवारसँग रमाउने दिन छ । समाजसेवामा मन जानेछ । परिवारमा रमाउनु नै आजको दिनको उपलब्धि मान्नुपर्नेछ । आकर्षक उपहार प्राप्त हुने योगसमेत रहेको छ ।

