२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण



 सुर्खेत ।  कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका वीच प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नवनियुक्त मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथ खुवाएसँगै प्रदेशका विशिष्ट व्यक्तिहरुले नवनियुक्त मुख्यमन्त्री कँडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री कँडेलले नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री कँडेलले आजै पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : २०८० चैत २८ गते बुधबार
Translate »