

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत को अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । त्यसैगरी सचिवमा गोपालबहादुर नेपाली, उपसचिवमा तप्तबहादुर हमाल, महिला उपसचिवमा सुनिता बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ३९७ मत खसेको थियो ।
प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार










