कर्णालीमा मन्त्रीपरिषद्ले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अगुवा पत्रकारहरुसँगको भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दलहरु वीच सरकार सञ्चालनका लागि आन्तरिक तयारीमा जुटेकाले केही समय लागेपनि मन्त्रीपरिषद्ले छिट्टै पूर्णता पाउने जानकारी दिए ।

बुधबार मात्र पदभार ग्रहण गरेका मुख्यमन्त्री कँडेलले सत्तासाझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सिट बाँडफाँटको टुङ्गो यसअघि नै लागिसकेकाले केही प्राविधिक कारणबाट मात्र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जनाए ।

उनले प्रदेशका सबै नागरिको अपनत्व हुने गरी सरकार योजनावद्ध ढंगले अघि बढ्न लागेको समेत बताए । राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतले ‘डग वाच’ को काम गर्दै सरकारलाई रचनात्मक सुझाव दिन उनले पत्रकारहरुसँग आग्रह गरे ।

Translate »