चिङ्गाड गाउँपालिका केन्द्र विवाद छिटो टुङ्ग्याउन सरोकारवालाको माग
सुर्खेत । जिल्लाको उत्तरपूर्वी चिङ्गाड गाउँपालिका केन्द्र विवाद छिटो टुङ्ग्याउन सरोकारवालाले गरेका छन् । गाउँपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी सरोकारवालाहरुले सात वर्ष पुगिसक्दा समेत पालिका केन्द्र विवाद नटुिङगनु लज्जास्पद् विषय भएको बताएका छन् ।
राजनीतिक दलहरुको टुठे बुद्धिका कारण आम नागरिकले अनाहकमा दुःख पाईरहेको सरोकारवालाको भनाई छ । उनीहरुले गाउँपालिकाको स्थायी केन्द विवाद चाँडो टुङ्ग्याउन नसके दलहरुको विरुद्ध योजनाबद्ध प्रतिआक्रमण कार्यक्रमहरु सञ्चालन गरिने आक्रोस पोखेका थिए ।
‘स्थानीय सरकार बनेको दुई कार्यकालसम्म पनि पालिका केन्द्रको टुङ्गो लाग्न सकेको छैन यसमा कसको हात छ ? वडा नं. २ का तिलबहादुर खड्काले कार्यक्रममा प्रश्न गर्दै भने, ‘नेतृत्वले यसको निकास चाँडै निकालोस ।’ यस्तै वडा नं. ३ का भूवनसिंह जिसीले पालिकाको अस्थायी केन्द्र एक ठाउँ र बैंक अर्काे ठाउँ हुँदा आफूहरुले सास्ती खेप्नु परेको भन्दै चाँडै केन्द्रको विवाद टङ्ग्यार एकै ठाउँबाट सेवा दिनुपर्नेमा जोड दिए ।
सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष बोधबिक्रम जिसीले गाउँपालिका केन्द्रको विवाद समाधानका लागि आफूले पटक– पटक पहल गर्दा पनि असफल भएको बताए । ‘मतदानबाट टुङ्गीसकेको विषयमा त्यसबेलाका साथीहरुले अदालतसम्म पु¥याउनुभएको छ,’ उनले भने, ‘अदालती प्रक्रिया विपरित हामी जान मिल्दैन्, तर आपसी सहमति जुटेमा मुद्धा फिर्ता लिन सकिन्छ की भनेर मैले सर्वदलिय बसाईका लागि आव्हान गरे तर साथीहरुको सहभागिता भएन ।’
पालिका केन्द्रका विषयमा सर्वाेच्व अदालतमा बिचाराधिन मुद्धा रहेकाले अहिले फैसला कुर्दा कुर्दै समय वितेको अध्यक्ष जिसीले दुःखेसो पोखें । यद्यपि ! दुबै पक्षको सहमति भए मुद्धा झिकेर काम गर्न सक्ने विकल्पमा पनि छलफल गर्न सबै सरोकारवाला सकरात्मक हुनुपर्ने अध्यक्ष जिसीको भनाइ छ ।
अघिल्लो कार्यकालमै गाउँसभाबाट बहुमतले गाउँपालिकाको स्थायी केन्द्र वडा नं. २ पुङखेतमा तोकिएपनि उक्त निर्णय विरुद्ध अदालतमा मुद्धा परेको छ । उच्च अदालत सुर्खेतबाट गाउँसभाले गरेको निर्णयकै पक्षमा फैसला भएपनि अर्काे पक्षले सर्वाेच्च अदालतमा रिट गर्दा नागरिकले अनाहकमा दुःख पाईरहेका छन् । सर्वाेच्व अदालतबाट पटक–पटक पेसी सर्दा गाउँपालिकाको स्थायी केन्द्रका विषयमा अन्यौलता नै कायम रहेको छ ।