२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

आज चैत ३० गते शुक्रबारको राशिफल



राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष :– शिक्षाको क्षेत्रमा उन्नती हुनेछ । ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ । मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लाभहानी दुवै हुने भएकाले धेरै उत्साहित नबन्नु राम्रो हुन्छ ।

वृष :– धार्मिक कार्यमा मन जानेछ । नियमित काममा उपलब्धि हात लाग्नेछ । आफैले गरेको कामबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ ।

मिथुन :– आफन्तसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । स्वास्थ्य उपचारका लागि ठुलो धन खर्च हुनसक्छ । शिक्षामा प्रगति हुने दिन छ । खानपानमा विशेष ख्याल नगरेमा रोगले सताउने देखिन्छ ।

कर्कट :– सेयर कारोबारमा फाइदा हुनेछ । आकस्मिक लाभको योग रहेको छ । परिवारको विश्वास जित्न सक्ने दिन छ । मन उत्साहित हुनेछ । लगानीको क्षेत्रमा खुशी मिल्नेछ ।

सिंह :– नयाँ कामको सुरुवात हुनेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । नयाँ कामले मनमा जोश, जाँगर र उत्साह बढ्नेछ ।

कन्या :–श्रमको उचित मूल्यांकन हुने दिन छ । समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ । शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ । वैदेशिक क्षेत्रमा लगानी गर्दा सचेत हुनुपर्नेछ ।

तुला :– खर्च बढ्ने दिन छ । सहयोग गर्छन् भनेर विश्वास गरेका मान्छेले धोखा दिनेछन् । शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । कठिन परिस्थिमिा परिवारको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक :– अरुको प्रगतिमा पनि मन रमाउने छ । नयाँ नयाँ अवसरको सिर्जना हुनेछ । मेहनत गरेर अरुको मन जित्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । बौद्धिक व्यक्तिसँग संगत हुनेछ ।

धनु :– धार्मिक कार्यमा मन जानेछ । विपरित लिंगका साथीको सहयोग स्मरणीय हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । कार्यसिद्धिको योग परेकाले जुनसुकै क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

मकर :– सामाजिक वा धार्मिक यात्राको योग रहेको छ । तपाईको कामले अरु प्रभावित हुनेछन् । गुरुको साथ र सहयोगले काम बन्नेछ ।

कुम्भ :– व्यवहार गर्दा सचेत हुनुपर्नेछ । कुनै काम गर्दा समस्या देखिएपछि पछुताउनुभन्दा काम गर्नु अगाडि नै जानकारसँग सुझाव लिनु राम्रो हुन्छ । मन अशान्त हुने भएकाले आफूलाई विश्वास लागेको मान्छेसँग सुझाव माग्नु राम्रो हुन्छ । परिवारबाट साथ मिल्ने योग रहेको छ ।

मीन :– प्रेम सम्बन्ध सुखमय बन्नेछ । सोचेका काम सबै बन्ने योग छ । मन उत्साहित हुनेछ । एकसाथ दोहोरो लाभ प्राप्त हुने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा ठुलो प्रगति हुनेछ ।

प्रकाशित मिति : २०८० चैत ३० गते शुक्रबार
Translate »