लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबार प्रदेशसभामा कायम रहेको ८६ सदस्यमध्ये मुख्यमन्त्री महराले संविधानको १८८ को उपधारा १ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका छन् । उनको विपक्षमा २८ जनाले मतदान गरेका थिए ।

पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

महरालाइ एमालेमा २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । कांग्रेस र जनमतले विपक्षमा मतदान गरेका थिए भने लोसपा र राप्रपा तथस्ट बसेका थिए ।

Translate »