आज वैशाख ५ गते बुधबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ  ?

मेष :– अधिकारका लागि लडाई गर्नुपर्ने दिन छ । आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विवाद हुने देखिन्छ ।

वृष :– दाम्पत्य सुखमा दिन बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्दा सचेत भएर काम गर्नुपर्ने छ ।

मिथुन :– यात्रा रमाइलो र सुखद् हुनेछ। माया मारेको धन हात लाग्ने दिन छ । सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ । परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ ।

कर्कट :– नयाँ अवसर प्राप्त हुने दिन छ । आफन्त र साथीले सहयोग गर्नेछन् । गुरुको माया पाउने योग छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

सिंह :– राजनीति क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या :– सुखद् यात्राको योग रहेको छ । दिनभर मन खुशी हुनेछ । श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ । परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ । प्रेम सम्बन्ध रोमान्टिक बन्नेछ ।

तुला :– सोचेको काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ ।

वृश्चिक :– लगानीका क्षेत्र सबल छन् । निर्णय गर्ने समय आएकाले डराउनु हुँदैन । ठूलो काममा हात लगाउन हिम्मत गरेको राम्रो हुन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :– यात्रा कठिन हुने दिन छ । आफन्तसँग छुट्नु पर्दाको पीडाले मन अशान्त हुनेछ । लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ । परिवारको साथ र माया मिल्नेछ ।

मकर :– यात्रा लाभदायी बन्नेछ । नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ । बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । सञ्चित धनको खर्च हुने योग छ । आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ ।

कुम्भ :– यात्रा रमाइलो हुनेछ । अरुको सेवा गर्ने मौका मिल्नसक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन :– राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ । सामाजिक सेवा गर्ने मौका मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ ।

Translate »