सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

उनले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोडारीलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ गरि २७ जनाको समर्थन रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि ९बहुमत० २७ जना आवश्यक पर्छ ।

यहाँ नेपाली काँग्रेस १८, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति ७, नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।

मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो ।

Translate »