आज वैशाख ८ गते शनिबारको राशिफल

राशिफल :–तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेष :– नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ । सेयरमा लगानी गरेको भए फाइदा हुनेछ । साथीसँग भेट हुनेछ । नयाँ कामको सुरुवात हुनेछ ।

वृष :– काममा बाधा आइपर्न सक्ने दिन छ । शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ । वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ । रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ ।

मिथुन :– साथीले सहयोग गर्नेछन् । गुरुको आर्शिवाद मिल्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट :– परिश्रम अनुसारको फल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ निरन्तर रहने छ । सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ ।

सिंह :– अधिकारको लडाइनमा सफलता मिल्नेछ । साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ । जटिल भनेको काम सहजै बन्नसक्छ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्या :– परोपकार गर्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ । परिवारसँग मेलमिलाप हुनेछ । वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ । काम गर्दा सचेत बन्नुपर्ने दिन छ ।

तुला :– शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । मन शान्त बन्नेछ । परोपकारको मौका मिल्नेछ । परिवारको साथ र सहयोग हुनेछ ।

वृश्चिक :– आर्थिक क्षेत्रमा सुधार हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । राम्रो कामको चर्चा हुनेछ ।

धनु :– लामो समयदेखि रोकिएको काम बन्नेछ । श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ । आर्थिक लाभ हुने दिन छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ ।

मकर :– मान र सम्मान प्राप्त हुने योग छ । आर्थिक उन्नति हुनेछ । सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कुम्भ :– परिवारको साथ र सहयोग निरन्तर रहने छ । रोकिएको काम बन्नेछ । जमिनको कारोबारमा फाइदा हुनेछ । नसोचेका मान्छेले सहयोग गर्नेछन् ।

मीन :– खुशीको खबर सुन्न पाइने छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । मन खुशी हुनेछ । परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ ।

 

Translate »