२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 7, 2026

स्काई न्यूज दैनिकका सम्पादक आकाश तारा बयकलाई सम्मान



सुर्खेत । स्काई न्यूज दैनिकका सम्पादक आकाशतारा बयकलाई नेपाल पत्रकार महासंघ सुर्खेतले सम्मान गरेको छ ।

महासंघ सुर्खेत शाखाको शनिबार वीरेन्द्रनगरमा सम्पन्न १२ औं जिल्ला अधिवेशन तथा साधारण सभाले पत्रकारितामा निरन्तर क्रियाशील रहेर सुर्खेतको विकास तथा समृद्धिमा योगदान गरे वापत ‘शान्ति तथा विकास पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मान गरेको हो ।

उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्रसहित खादा ओढाएर कर्णाली प्रदेश प्रमुख तिलक परियारले सम्मान गरेका हुन् ।

आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर योगदानको बयकसँग अपेक्षा राखिएको महासंघ सुर्खेत शाखाले जनाएको छ । महासंघले  सम्पादक बयकसहित विभिन्न पुरस्कारबाट ८ जना पत्रकारलाई सम्मान गरेको हो ।

प्रकाशित मिति : २०८१ वैशाख ८ गते शनिबार
Translate »