एमालेले गर्यो पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान


काठमाडौं । नेकपा एमालेले ‘गौरव पदक’बाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ। सोमबार नेकपाको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवम् पूर्वपार्टी उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट एमालेले सम्मान गरेको हो ।
समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् । आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

भण्डारीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएको योगदान र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर लिएको अडान, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा भण्डारीले महत्वपूर्ण ढंगले भुमिका खेलेको उनलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायतको सहभागिता थियो । अन्नपूर्ण पोष्ट ।

