शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।


स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको बच्चालाई जन्म दिएको डेढ घण्टापछि मृत्यु भएको स्वास्थ्य चौकीका इञ्चार्ज टिका बोहराले बताए ।

आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको इञ्चार्ज बोहराले बताए ।  रासस

Translate »