आज वैशाख १२ गते बुधबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ  ?

मेष :– रमाइलो यात्राको योग छ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष :– भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन :– शिक्षा क्षेत्रमा प्रगति हुनेछ । परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ ।

कर्कट :– स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ ।

सिंह :– आर्थिक अवस्था सुधार हुनेछ । सहयोग गर्ने साथी धेरै छन् । आदर्श व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या :– बौद्धिक व्यक्तिसँग भेट हुनेछ । रोकिएको काम बन्नेछ । साथीभाइसँगको भेट रमाइलो र फलदायी हुनेछ। लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला :– व्यापारमा सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि प्राप्त हुनेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ ।

वृश्चिक :– दिन सामान्य छ। लगानीको क्षेत्रमा जोखिम हुनसक्छ । यात्रा गर्दा सचेत हुनुपर्नेछ । काममा अवरोध सिर्जना हुनसक्छ । परिवारसँगको सम्बन्ध भने राम्रो रहने छ ।

धनु :– समय सामान्य छ । आर्थिक कारोबारमा बाधा हुनसक्छ । एकोहोरो मायाका कारण पीडा हुनेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ ।

मकर :– परिवारमा नयाँ सदस्यको आगमन हुने दिन छ । मन धार्मिक क्षेत्रमा जानेछ । सञ्चित धन खर्च हुने योग छ । परिवारसँगको सम्बन्ध सामान्य रहनेछ ।

कुम्भ :– आर्थिक लाभ हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । समाजले सम्मान गर्ने योग छ । रमाइलो यात्राको योग रहेको छ ।

मीन :– यात्रामा जोखिम देखिन्छ । खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । व्यापारमा सचेत नभए जोखिम हुनसक्छ । ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा विरोधका स्वर सुन्नुपर्नेछ ।

Translate »