कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

 

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका वीच प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री बनेका छन् ।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद परियारलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

रणसिंह परिवार हुम्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद हुन् । गएको चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेल सत्तागठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच भागबण्डा नमिल्दा अझैपनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।

यद्यपि ! भोली मुख्यमन्त्री कँडेलले संसदबाट विश्वासको मत लिने कार्यक्रम तय गरि सकेका छन् ।

Translate »