देश सधैं गठबन्धनले चल्दैन : ओली

अन्नपूर्ण पोष्ट /चुलाचुली ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश सधैं गठबन्धनले नचल्ने बताएका छन् । बुधबार इलामको चुलाचुलीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,  ‘यो देश बनाउन मिसन ०८४ भनेका छौं। निर्णायक शक्ति बनाउन सधैं समीकरण र गठबन्धनले हुँदैन । देश बनाउन एमाले निर्णायक तहमा पुग्नुपर्छ ।’

उनले ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश पनि बनाउन नसक्ने बताए । कानुन जानेको सुहाङ नेम्वाङलाई कानुन बनाउने ठाउँमा पुर्‍याउनपर्ने उनको जिकिर छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका नेम्वाङले इन्द्रेणीजस्तो बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सबैले सबैको सम्मान गर्नुपर्ने बताए । उनले स्वर्गीय पिता सुवास नेम्वाङले देशको शिर झुक्ने कुनै काम नगरेको सम्झिँदै आफू पनि त्यही मार्गमा हिंड्ने बताए ।

 

Translate »