मलामी गएका व्यक्ति भेरी नदीमा डुबेर बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा आज दिउँसो भेरी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । चौरजहरी नगरपालिका–९, का ६१ वर्षीय नारायण खड्का नदिमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले आफन्तको मलामी गएका खड्काको नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको बताएको छ । वडानम्बर–३, को रानीसागर स्थित भेरी नदीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुना साथ प्रहरीले खड्काको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।

इैलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक र्इश्वर देव गिरीको कमाण्डमा ७ जनाको प्रहरी टोली बेपत्ताको खोजतलासमा लागेको बताइएको छ ।

Translate »