कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । उनले आज प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादी एक सहित २३ जना सांसदले मतदान गरेका छन् ।

उनको विपक्षमा १२ जना नेपाली काँग्रेसका सांसदले मतदान गरेका थिए भने  एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तटस्थ बसेका थिए । ४० सदस्यीय प्रदेशसभामा विहीबार ३६ सांसद मतदानमा सहभागी भएका थिए ।

मुख्यमन्त्री कँडेलले चैत २७ गते कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा, नेपाली काँग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनि सकेका छन् । मुख्यमन्त्री नियुक्त भएको आज १६ औं दिनमा कँडेलले विश्वासको मत पाएका छन् ।

Translate »