जापानी परराष्ट्रमन्त्री नेपाल आउँदै

काठमाडौं । जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउन लागेकी छिन् ।

जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख अर्थात् वैशाख २३ नेपाल भ्रमणा गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ मा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ । श्रीलङ्काको बसाइपछि उनी ५ मे मा नेपाल आइपुग्ने छिन् ।

काठमाडौं रहँदा उनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने बताइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।

परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ ।

सन् २००० मा तत्कालनी जापानी प्रधानमन्त्री योसिरो मोरीको भ्रमण पछि यो दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

facebook sharing button
email sharing button
sharethis sharing button
Translate »