बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी

चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १३ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।

लामिछानेका अनुसार भण्डारीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

Translate »