इलाम २ मतगणना : ४ हजार ९८६ मतले एमालेका सुहाङ अगाडि

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङको अग्रता कायम छ ।

नेम्वाङले ४९८६ मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पारेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १३९०० मत प्राप्त गर्दा काँग्रेसका खडकाले ८९१९ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८२८५ मत रास्वपाका उम्मेदवार मिलन लिम्बु १९४५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । हालसम्म ३२ हजार ६३८ मत गणना भैसकेको छ । नेकपा एमाले उपाध्यक्ष सांसद संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुँदैछ ।

१९ जना उम्मेदवार चुनावी मैदानमा छन् । हालसम्म फाकफोकथुम , चुलाचुली र माङ्सेबुङ गाउँपालिका र माईनगरपालिकाको गणना सम्पन्न भएको छ । देउमाई नगरपालिकाको १ को गणना सम्पन्न भएको छ भने ८ वटा वडा बाँकी रहेको छ । इलाम नगरपालिका गणना गर्न बाँकी रहेको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।

Translate »