कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार

 सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच राज्यमन्त्रीसहित सात जना सरकारमा पठाउन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कँडेलको सिफारिसमा चार जनालाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका छन् । आज पद तथा गोपनियताको सपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र सामाजिक विकास मन्त्रीमा वीरबहाुदर शाही रहेका छन ।

एक जना भौतिक पूर्वाधार तथा शहरी राज्यमन्त्रीमा गमता विकलाई मुख्यमन्त्री कँडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । यसअघि नै पद तथा गोपनियताको शपथ लिईसकेका विना विभागीय मन्त्री रणसिंह परियारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन भने विनोदकुमार शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कर्णाली सरकारले तीन साता लामो छलफल तथा सहमति पछि पूर्णता पाएको हो । गत २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता कँडेलले २१ औ दिनमा आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । आठ मन्त्रालय रहेको कर्णालीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय भने मुख्यमन्त्री कँडेलले आफै राखेका छन् ।

Translate »