‘हामी सबै नेपाली’ यही हो हाम्रो पहिचान : अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘हामी सबै नेपाली’ यही नै हाम्रो पहिचान भएको बताएका छन् ।

अध्यक्ष ओलीले इलाम क्षेत्र नम्बर २ मा शनिबार विजयसभालाई सभालाई सम्बोधन गर्दै ‘हामी सबै नेपाली’ यही नै हाम्रो पहिचान भएको र सुखी नेपाली समृद्ध नेपाल भएमात्र हाम्रो पहिचान कायम रहने जिकिर गरे ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार विजयोत्सव मनाउन अध्यक्ष ओली आज इलाम आएका हुन् । इलाम चोकबजारको लाँकुरी चौतारामा आयोजना गरिएको विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मत हाल्ने इलाम जनता, राजनीतिक दलहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचनमा खटिएका कर्मचारी लगायतलाई धन्यवाद दिए ।

इलामे जनताले सुहाङलाई जिताएर राष्ट्रिय अभियानमा एउटा थप इट्टा थप्न सहयोग गरेको र आफूले चुनाव अघि बोलेको कुरा भोट माग्नलाई बोलेको होइन देश विकासको लागी बोलेको समेत जिकिर गरे । कार्यक्रममा बोल्दै निर्णायक शक्तिका रुपमा स्थापित गर्न एमाले पार्टी एकिकृत, सङ्गठित, अनुशासित र सक्रिय रहेको बताए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याई गरी विजयी हुन् । २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।

Translate »