प्रधानमन्त्रीले नियुक्त गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।

सरकारले दुवै विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनाएको थियो। समितिले नाम सिफारिस गरेको आधारमा उपकुलपति छनोट गरिएको हो ।

Translate »