करेन्ट लागेर मुगुका एक युवाको मृत्यु

मुगु । मुगुको सोरुकोटमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।

बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुईमा खसेपछि सोरु गाउँपालिका–६ , सोरुकोट निवासी २८ वर्षीय खम्मा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहीबार बिहान ८ः४५ बजे तिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घाम पावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेको थियो ।

करेन्ट लागे पछि बिजुलीको पोल उग्लेको बेला भुईमा खसेपछि शाहीको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । मृतक शाहीको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमाटर्म गरिएको छ ।

Translate »