वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘एु’ ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको हो ।

क्यारेबियन टोलीका लागि एलिक अथानाजले नटआउट ४२, क्याप्टेन रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए । भ्रमणकारी टोलीविरुद्धको शृंखलाको अन्तिम खेलमा घातक बलिङ गर्दै सोमपाल कामी र सागर ढकालले ३–३ विकेट लिए ।

आफ्नो स्पेलमा सोमपालले मात्र १६ रन खर्चिएर ३ विकेट लिए। २ ओभरमात्र बलिङ गरेका स्पिनर सागरले ३ विकेट लिन मात्र १७ रन खर्चे । अभिनाश बोहोराको नाममा एक विकेट रह्यो । पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३–१ ले अघि छ ।

Translate »