कर्णालीमा महिला तथा बालबालिकाको अवस्था चिन्ताजनक : अध्यक्ष पराजुली

सुर्खेत । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले कर्णालीमा महिला तथा बालबालिकाको अवस्था सुधार हुन नसकेकोप्रति चिन्ता जाहिर गरेकी छिन् ।

आज सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदिय समितिका सभापतिहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले प्रहरीमा दर्ता गरेको मुद्दाको संख्याले पनि कर्णालीमा महिला तथा बालबालिकामाथि भएका अपराधको अवस्था चिन्ताजनक रहेको बताएकी हुन् ।

उनले आफ्नो कर्णाली भ्रमणमा जवरजस्ती करणी, बालविवाह, वहुविवाह, बाल यौन दुराचार, यौन दुव्र्यवहार था बोक्सीको आरोपसम्बन्धीका मुद्दाहरुको संख्याले झकझोर पारेको उल्लेख गर्नु भयो ।

हिंसा पीडित महिला तथा बालबालिकाको अवस्थामा सुधार ल्याउनका लागि तीनै तहका सरकारहरुले योजनाबद्ध तरिकाले कर्णालीमा काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

कर्णाली प्रदेशभरी पछिल्लो दुई आर्थिक वर्षमा २ हजार ६ सय १६ महिलामाथि आफ्नै परिवार, श्रीमान र छिमेकीबाट घरेलु हिंसामा परेको प्रहरीको तथ्यांक छ ।

Translate »