रेडक्रस सालकोटद्वारा आगलागी पीडित रोकायलाई खाद्यान्नसहित नगद सहयोग

सुर्खेत । नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटले आगलागी पीडितलाई लत्ताकपडा, खाद्यान्नसँगै तथा नगद सहयोग गरेको छ ।

पश्चिम सुर्खेतका युवा समाजसेवी तथा रेडक्रसकर्मी तिलकराम अधिकारीको अगुवाईमा मनकारी स्थानीय चन्दा दाताहरुको सहयोगमा रेडक्रस सालकोटले शनिबार आगलागी पीडित पञ्चपुरी नगरपालिका–२, सिस्नेकाँडाका धनबहादुर रोकायलाई दैनिक उपभोग्य अति आवश्यक सामाग्रीसहित नगद २९ हजार ६ सय ३६ रुपैयाँ सहयोग गरेको हो ।

बुधबार दिउँसो जंगलमा लागेको आगो बस्तीहुँदै रोकायको घरमा पसेर अन्नपात, लत्ताकपडा, भाडाकुँडालगायत सबै सम्पत्ती जलेर नष्ट भएको थियो । पञ्चपुरी नगरपालिका–२, का वडाध्यक्ष यामबहादु विसी, मोडेल भिजन ईङ्गलिस एकेडेमी, युनियन क्लव, सूर्यप्रकास माविको विशेष सहयोग तथा सक्रियतामा रेडक्रसलाई राहत संकलनदेखि पीडितलाई हस्तान्तरणसम्म सहज भएको युवा समाजसेवी अधिकारीले स्काई न्यूजलाई जानकारी दिए ।

उनले सालकोट स्थित संयुक्त यातायातका कर्मचारी प्रेमबहादुर विसी उर्फ (राजु) ले आगलागी पीडितार्थ दश हजार रुपैयाँ संकलन गरी रेडक्रस मार्फत सहयोग गरेको बताए । उनका अनुसार रेडक्रसले नगद र जिन्सी गरी आगलागी पीडित रोकायलाई ४० हजार ३ तीन सय ३६ रुपैयाँको सहयोग गरेको छ ।

Translate »