सुर्खेत हस्पिटलमा निःशन्तानका लागि निःशुल्क शिविर सञ्चालन हुँदै

वीरेन्द्रनगर । सुर्खेत हस्पिटलमा निःशन्तान महिला तथा पुरुषका लागि निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।

बढ्दो निःशन्तानको समस्या समाधानका लागि काठमाडौंको महाराजगञ्ज स्थित एन्जल फर्टिलिटी क्लिनिक र सुर्खेत हस्पिटलको सहकार्यमा आउँदो जेठ ५ गते निःशुल्क ओपिडी शिविर सञ्चालन गर्न लागिएको हो ।

सन्तान नभएका दम्पतीका लागि लक्षित गर्दै एक दिने निशुल्क चेकजाँचसँगै परामर्श शिविर सञ्चालन गर्न लागिएको सुर्खेत हस्पिटलले जनाएको छ ।

महिला तथा प्रसुति एवं निःशन्तान रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ र भ्रुण विशेषज्ञ डाक्टर प्रिति विष्टद्वारा एक दिने शिविरमा निःशुल्क चेकजाँचसँगै आवश्यक परामर्श प्रदान गरिने सुर्खेत हस्पिटलका व्यवस्थापक भक्तबहादुर शाहीले स्काई न्यूजलाई जानकारी दिए ।

उनले निःशन्तान परामर्श शिविरमा पुरुष बाँजोपनको चेकजाँच, गर्भ तुहिने र गर्भ नरहने समस्याको निदान बताईने बताए ।

सम्भवतः कर्णाली प्रदेशमै पहिलो पटक नीजि क्षेत्रबाट निःशन्तान दम्पत्तीका लागि निःशुल्क चेकजाँचसँगै परामर्श सेवाको लाभ लिन सर्वसाधारणसँग उनले आग्रह गरेका छन् ।

Translate »