

बाँके । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि बाँकेको जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ
सीमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

खुला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि सिमानाका बन्द गरिएको भारतीय सुरक्षा निकायबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नाका वैशाख ३१ गते साँझ ६ बजेसम्म बन्द रहने जानकारी भारतीय पक्षबाट आएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी गराए ।
प्रकाशित मिति : २०८१ वैशाख २९ गते शनिबार










