सल्यानमा एक दम्पती मृत फेला

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।

उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । मनोज आफ्नै घर पछाडि झुन्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाई छ ।

प्रहरी प्रमुख कार्कीको नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Translate »