प्रदेश आयुर्वेदको स्वास्थ्य प्रवर्द्धन कार्यक्रम शुरु

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले बार्षिक स्वीकृत कार्यक्रम अनुसार तीन दिने स्वास्थ्य प्रवर्द्धन कार्यक्रम आइतवारदेखि सञ्चालन गरेको छ । सो अवसरमा मानसिक स्वास्थ्य, नगर्ने रोग, योग, ध्यान र सकारात्मक व्यवहार सम्वन्धी अभिमुखीकरण प्रदान गरिनेछ ।

केन्द्रका डा. खेमराज तिमिल्सेनाले स्वास्थ्य प्रवद्र्धन कार्यक्रममार्फत जीवन रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्य रहेको बताए । उनले पछिल्लो समय निष्क्रिय जीवन, अस्वाभाविक आहारविहार, चिन्ताले स्वास्थ्य अवस्था नै परिवर्तन भएको भन्दै त्यसबाट छुटकारा पाउनका लागि योग, ध्यान जस्ता क्रियाकलापको आवश्यक पर्दै गएको जनाए ।

मंगलवारसम्म संचालन हुने कार्यक्रममा केन्द्रका निमित्त प्रमुख डा. शंकर रिजाल, योग प्रशिक्षक विनोद घिमिरे, डा. विहानी सञ्ज्याललगायतले प्रशिक्षण दिनुेछन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेय, प्रदेश लोक सेवा आयोगका उपसचिव पदम लामिछाने, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव कृष्णप्रसाद खरेल, राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकलगायतको सहभागिता रहेको छ ।

सो अवसरमा तनाव व्यवस्थापनलगायत विविध पक्षमा सहभागीहरुलाई जानकारी गराइने केन्द्रका कविराज निरीक्षक पुष्पा आचार्यले बताईन् ।

Translate »