जनसुधार समाजको अध्यक्षमा गोमाकुमारी

सुर्खेत । जनसुधार समाजको अध्यक्षमा गोमाकुमारी खड्का निर्वाचित भएकी छन् ।

समाजको सोमबार वीरेन्द्रनगरमा सम्पन्न प्रारम्भिक साधारण सभाले गोमाकुमारी खड्काको अध्यक्षता नौ सदस्यीय कार्य समितिलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा किरणकुमार श्रेष्ठ, महासचिव शक्तिबहादुर थापा, कोषाध्यक्ष शिवकला पाण्डे तथा सदस्यहरुमा जानकी पुन, कृष्णराज हमाल, दुर्गप्रसाद भण्डारी, भद्रबहादुर पुन र बलकौरा कार्कीलाई रहेका छन् ।

समाजले विपन्न, सीमान्तकृत, दलित महिला तथा बालबालिकाको उत्थानका साथै जनहित कार्यलाई सबैको समन्वय तथा सहयोगमा सामुहिकरुपले विभिन्न अभियानहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Translate »