बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने पाए सफाइ

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

Translate »